जनता टाइम्स

१५ असार २०७७, सोमबार १८:५५

छातीको एक्सरे गर्न आएकी महिलालाई नांगै बनाएपछि..


दाङ, असार १५ । उपचारका लागि अस्पताल पुगेकी एक महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन । घोराहीस्थित गोरखा अस्पतालमा महिलालाई नाङ्गै बनाएर एक्सरे गरेको आरोपमा ती स्वास्थ्यकर्मी पक्राउ परेका हुन ।

घोराहीको १५ मा रहेको गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई नाङ्गै बनाएको आरोपमा सो अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ निवासी २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो । डाँगीलाई आज बिहान पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार ती महिलाका श्रीमानले स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा नाङ्गै बनाएको उजुरी दिएका थिए । उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मरमुनी समेत कपडा खोल्न लगाएर नाङ्गै बनाएको उल्लेख भएको प्रहरीले जनाएको छ । आइतबार अस्पतालमा छातीको एक्सरे गर्न आएकी ती महिलालाई डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेपछि प्रहरीले प्रक्राउ गरेको हो ।