Single Top Ad
अर्थमूख्य समाचारसमाचारसमाज

मन्त्रिपरिषद् बैठक : खुकुलो लकडाउन साउन ७ सम्म जारी

काठमाडौं, असार १५

सरकारले लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । हाल कायम रहेको व्यवस्थालाई यथावत राखी साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
यस्तै त्यसबेलासम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय लिएको छ ।हवाइ उडान र सीमा नाका बन्द पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको बैठक पछि एक मन्त्रीले जानकारी दिनुभयो ।

Comment here