जनता टाइम्स

१६ असार २०७७, मंगलवार ०७:०१

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण


 

काठमाडौं, असार १६ । गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमा स्याङजाका १, तनहुँका ५, तमजुङका ३ र कास्कीका ८ जना छन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका १७ जनासहित कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २१४ पुगेको छ ।