जनता टाइम्स

१६ असार २०७७, मंगलवार १४:१५

विदेशी बुहारी र ज्वाईलाई नागरिकता माग्दै जसपा सडकमा, सामाजिक दुरीको धज्जी उडाइयो


काठमाडौं, असार १६

कोरोनाको प्रवाह नगरी जनता समाजवादी पार्टी (जसपा)ले राजधानीमा विदेशी बुहारी र ज्वाईलाई नागरिकता माग्दै प्रर्दशन गरेको छ । नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेजीको माग गर्दै जसपाले काठमाडौंमा प्रदर्शन गरेको हो ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को पर्वाह नगरी सामाजिक दुरी समेत कायम नगरी प्रर्दशन गरेका हुन् । जसबाट संक्रमण फैलिन खतराको सम्भावना बलियो रहेको छ ।

सरकारले कोरोना नियन्त्रण गर्न नसकेको भन्दै आरोप लगाउदै आएको जसपाले आफ्नै करिव केही सयको सख्याको जुलुस भने व्यवस्थित गर्न सकेन । अधिकाशंको मुखमा मास्क भएपनि भौतिक दुरीको पनि धज्जी उडाइएको छ ।

काठमाडौंमा पछिल्लो समय दैनिक संक्रमित फेला परिरहेका बेला सामाजिक दुरी कायम नगरी गरिएको प्रर्दशनबाट जोखिम फैलिए कसले जिम्मेवारी लिने । जसपाको राम्रो उपस्थिति संसदमा भएपनि उसले कोरोना फैलाउने गरी गरेको प्रर्दशनले मानिसको स्वास्थ्यलाई खेलवाड गरेको विज्ञहरुले बताएका छन् । संसदमै यस्ता विषयलाई प्रमुखताका साथ उठाउनुपर्ने कतिपयको भनाई छ ।