जनता टाइम्स

१७ असार २०७७, बुधबार ०७:२०

कोभिड अपडेट : संक्रमितको संख्या १ करोड ५ लाख नाघ्यो ,५७ लाख ८८ हजार ३१७ जना निको


काठमाडौं,  असार १७ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १३ हजार १७२ पुगेको छ । साथै विश्वभर १ करोड ५ लाख ८३ हजार ९०६ जना संक्रमित भएका विश्व वल्र्डमिटरले जनाएको छ ।
वल्र्डमिटरका अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५७ लाख ८८ हजार ३१७ जना निको भएका छन् । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
अमेरिकामा मात्र २७ लाख जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २९ हजार वढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा २२ लाख कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८३ हजार ६७१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख २९ हजार ४२६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६७ हजार ६०२ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख २९ हजार ९५१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९१ हजार ३८ को मृत्यु भएको छ । एसियामा २२ लाख ६० हजार ५४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५५ हजार ८८४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ९६ हजार ३१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ९१४ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।