काठमाडौं, असार १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएकोभन्दै आज बिहानैबाट फेक समाचार प्रशारण भएको छ ।
जनताटाइम्सले बुझ्दा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार नबोलाउनु भएको पाइएको हो । ‘हामीलाई जानकारी छैन, प्रधानमन्त्रीले परामर्शका लागि मन्त्रीहरु बालुवाटार बोलाउनु भयो भन्ने कुरा शतप्रतिशत झुटो हो, यस्तो फेक समाचारको भ्रममा पर्न जरुरी छैन,’ महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जनताटाइम्ससँग भन्नुभयो ।
मंगलबार पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि आज मन्त्रीहरुलाई बोलाएको भन्दै मुलधारका मिडियाहरुले समाचार लेखेका थिए । ती समाचार फेक रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्