जनता टाइम्स

१७ असार २०७७, बुधबार १०:१७

सांसद छन्त्यालको ६३ वर्षको उमेरमा निधन


काठमाडौं, असार १७

प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार निधन भएको छ । नेपाली कांग्रेसको समानुपातिकतर्फबाट सांसद बन्नु भएकी छन्त्यालको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो समयदेखि लड्दै आउनु भएको थियो । उहा २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहा संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्य पनि हुनुहुन्थ्यो ।