जनता टाइम्स

१७ असार २०७७, बुधबार ११:४३

नेकपाको बिवादमा योगेश भट्टराईले खोले मुख : प्रधानमन्त्रीको भुमिका सकारात्मक छ, प्रोक्सी वार बन्द गरौं


काठमाडौं, असार १७ । नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टीभित्रको बिवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक पहलकदमी लिनुभएको भन्दै प्रोक्सी वार बन्द गर्न अपिल गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री ओलीले स्थायी कमिटीका नेताहरुसँग पछिल्लो बिवाद समाधानको बिषयमा छलफल गर्नुभएको जानकारी दिँदै नेता भट्टराईले पार्टी बिभाजनमा जाने गरी प्रोक्सी वार नगर्न अपिल गर्नुभएको हो ।

यस्तो छ भट्टराईको धारणा

पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताउनु भयो जुन सकारात्मक छ । सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ । चिज साकारात्मक दिशामा जाने आशा गरौं । प्रोक्सी वार बन्द गरौं ।