बारा, असार १८
बारामा आज बिहान चट्याङ लागेर चारजना महिलाको ज्यान गएको छ । अरु सातजना महिला घाइते भएका छन् । खेतमा रोपाई गरिरहेका बेला परेको चट्याङले उनिहरुको ज्यान लिएको हो ।
बिहान करिब साढे सात बजे चट्याङ लागेर कलैया उपमहानगरपालिका १२ की ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको ज्यान गएको बारा प्रहरीले जानकारी दिएको छ । यस्तै, चट्याङ लागेर फेंटा गाउँपालिका १ की ४० वर्षीया सुनरपती देवी र ३० वर्षीया तेंडु देवीको ज्यान गएको छ ।
चट्याङ लागेर फेंटा गाउँपालिका १ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएका र उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्