जनता टाइम्स

१८ असार २०७७, बिहीबार १२:५७

बजेट अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, असार १८

सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आजै साँझ पाँच बजेबाट संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री शिवमायामा तुम्बाहाङ्फेले जानकारी दिनुभयो । कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको उहाले बताउनु भयो ।

बैशाख २६ गते सरकारले कोरोना महामारीका बीच बजेट ल्याउनका लागि बजेट अधिवेशन आव्हान गरेको थियो । संसद अधिवेशन अन्त्य भएसँगै विवादमा परेको एमसीसी संसदबाट अनुमोदन नहुने भएको छ ।