जनता टाइम्स

२२ असार २०७७, सोमबार १०:१९

कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक


काठमाडौं, असार २२

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उहाको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय घिसिङको आजै स्वयम्भुमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।