जनता टाइम्स

२३ असार २०७७, मंगलवार ०९:५३

‘इनफ इज इनफ’ अभियन्ताले आजैदेखि अनशन तोड्ने


काठमाडौँ,  असार २३ । सरकार विरोधि अभियान चलाइरहेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच सहमति भएको छ । सरकारसँगको सहमतिसँगै कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले चालेको कदम कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ ले विगत लामो समयदेखि गर्दै आएको अन्दोलन मंगलबार अन्त्य गर्ने भएको छ । सरकारसँगको सहमतिसँगै विगत १२ दिनदेखि अनशन बस्दै आएका अभियन्ता इशान अधिकारी (इ) सहितले मंगलबार अनशन तोड्दै छन् । उनीहरुले कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभइ पीसीआरबाट हुनु पर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनु पर्ने, भ्रष्टाचार रोकिनु पर्ने र नागरिकको जीवन रक्षा गर्नु पर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएका हुन् ।