जनता टाइम्स

२३ असार २०७७, मंगलवार १५:५३

ओली–प्रचण्ड ‘वान टु वान’ वार्ताले हट्यो अबिश्वास : एकताबिरोधी सवैखाले चक्रब्यूँह तोडने अठोट


काठमाडौं, असार २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको ‘वान टु वान’ वार्तामा हालसम्मको एकता अभ्याशकै अनुसार निकास दिने सहमति भएको छ । पार्टी एकता आफूहरुले नै गरेको कारण पार्टीएकतालाई अरुको दवावमा भन्दा आफ्नो बिवेकको आधारमा अघि बढाउँदै पुर्णता दिने र हाल देखिएको समस्याको निकास पनि सोहीअनुसार खोज्ने गरी अध्यक्षद्वय ओली र प्रचण्डको आजको बार्ता सकिएको हो ।

दुई अध्यक्षबीच अआज बिषय केन्द्रित लामो छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा पार्टी एकता बिगार्न खेल्न खोजिएको बिषयमा समेत खुलस्त कुराकानी भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच बुधवार बोलाइएको स्थायी कमिटी बैठकअघि पुनः छलफल हुनेछ । ‘दुई अध्यक्षबीच आज निकाश केन्द्रित रहेर छलफल भएको छ, दुवै अध्यक्षले सकारात्मक दिशातर्फ उन्मुख रहेको र निकास दिन सकिने बिन्दुमा पुगेको जानकारी गराउनु भएको छ,’ भेटपछि नेकपाका एक नेताले जनताटाइम्ससँग भने ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच आज बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म ‘वान टु वान’ वार्ता भएको थियो । त्यसअघि नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग छलफल गर्नुभएको थियो । महासचिव पौडेलले प्रचण्डसँग खुमलटार र ओलीसँग बालुवाटारमा सहमतिका एजेण्डाका विषयमा आफूहरुले गरेको गृहकार्यबारे जानकारी गराउनु भएको हो ।ओली र प्रचण्डबीच हिजो सोमबार पनि झण्डै साढे दुईघन्टा वान टु वान छलफल भएको थियो । स्थायी कमिटी बैठक चलिरहेको बेला बरिष्ठ नेता माधवकुमार नेपालको दवावमा ओलीलाई अध्यष र प्रधानमन्त्री दुवै पदबाट हटाउने अभियानका साथ घेरावन्दी भएपछि नेकपाभित्रको संकटद गहिरिदै गएको थियो ।

अध्यक्ष प्रचण्डले समेत नेपालकै उक्साहटमा ओली हटाउने अभिब्यक्ति दिनुका साथै आफ्नै सहभागितामा गुट भेला चलाउनु भएपछि बिवाद बढेको हो । दुई अध्यक्षबीच बार्ता सकारात्मक बनेपछि ओलीबिरुद्ध लागेका नेताहरुको टोन समेत डाउन भएको छ । प्रचण्ड निकट नेता बर्षमान पुनले प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको दुवै पदबाट राजीनामा नमागेको घोषणा गरिसक्नुभएको छ भने अन्य नेताहरु पनि यही अभिब्यक्ति दिन थालेका छन ।

आजको छलफलमा भएका सहमतिलाई सुत्रवद्ध गरी सहमतिबाटै पार्टी र सरकार अघि बढाउने निश्कर्ष निकालिएको छ । ओली र प्रचण्डले बार्ताका क्रममा बिभिन्न बहानामा पार्टी एकता भाँडन नेतादेखि कार्यकर्ता तहसम्मबाट चालिएको सवै खाले चक्रब्यूँहलाई मिलेरै तोडने अठोट समेत गर्नुभएको छ ।