जनता टाइम्स

२४ असार २०७७, बुधबार ०६:५६

ब्राजिलको अवस्था भयावह : राष्टपतिलाई समेत कोरोना पुष्टि , ६६ हजारभन्दा बढीको मृत्यु


काठमाडौं,  असार २४ । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३१२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार ८६८ पुगेको छ । यस्तै एकै दिन ४८ हजार ५८४ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १६ लाख ७४ हजार ६५५ पुगेको छ। अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ७२ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ३५ हजार ५५८ जनाको उपचार भइरहेको छ ।यसैवीच ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति जायर बोलसोनारोले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् ।

उच्च ज्वरो आएपछि सोमबार कोरोना भाइरसको परीक्षण गराएका बोलसोनारोको मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।