जनता टाइम्स

२४ असार २०७७, बुधबार १३:००

नेकपा अध्यक्षद्वय ओली–प्रचण्ड वार्ता अघि नेतासँग परामर्शमा


काठमाडौं, असार २४

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल हुदैछ । छलफल अघि दुवै अध्यक्षले अन्य नेताहरुसँग पनि परामर्श गर्नुहुने बताइएको छ ।

विहान ९ बजे हुने भनिएको ‘वान टू वान’ वार्ता अपरान्ह ४ बजेलाई सारिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । पछिल्ला केही दिनदेखी निरन्तर छलफलमा जुटिरहनु भएका दुई अध्यक्ष सहमतिको नजिक पुगेको कतिपय नेताहरुले बताउनु भएको छ ।

स्थायी कमिटी बैठक स्थगित गरेर छलफल गरिरहनु भएका दुई अध्यक्षबीच सबैलाई समेटेर लैजाने गरी कुराकानी भईरहेको बताइएको छ । विशेष गरी जेठ २ कि मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार भेटघाट अघि उहाले अनौपचारिक भेटवार्ता गरिरहनु भएको बताएको छ ।