जनता टाइम्स

२४ असार २०७७, बुधबार १७:५६

निर्णायक बार्तामा ओली–प्रचण्ड, आउला त निकाश ?


काठमाडौं, असार २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । पार्टीमा देखिएको पछिल्लो बिवाद बिवाद समाधानका लागि दुई अध्यक्षबीचको बार्ता प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि भेटवार्ता सुरु भएको हो ।

पार्टीको स्थायी कमिटी बैठक पटक पटक स्थगित गरेर वार्तामा जोड दिनुभएका अध्यक्षद्वय ओली र प्रचण्डले आज एजेण्डागत रुपमा निश्कर्षमा पुगेर सहमतिको खोजी गर्ने योजना बनाउनु भएको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीबिरुद्ध घेरावन्दी गरी एकता गर्दा भएको सहमति र बिधानबिपरित दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै निहुँखोजेपछि पार्टी नै विभाजनको अवस्थामा पुगेपछि दुई अध्यक्षले एकता आफूहरुले गरेको र जोगाउने दायित्व पनि आफूहरुकै भएको निश्कर्षसहित बार्ता थाल्नुभएको हो ।

स्थायी कमिटीको बैठक जारी रहँदा नेकपाभित्र भएको ध्रुबिकरणले अहिले दुई अध्यक्षको समुह मात्रै अस्तित्वमा रहेको कारण पनि सहमतिका लागि बल पुगेको छ । यसअघि बरिष्ठ नेता माधवकुमार नेपालको छुट्टै समुह रहेपनि झम्सिखेल गुट भेलापछि अध्यक्ष प्रचण्डसँग बिलय भएको थियो । सो भेलामा अध्यक्ष प्रचण्डले उपस्थित एक एक स्थायी कमिटी सदस्यसँग दुई अध्यक्षबीचको सहमति स्वीकार्य हुन्छ कि हुन्न भन्दै सहमति लिनुभएको थियो । प्रधानमन्त्रीबिरुद्धको घेरावन्दीले पार्टी नै बिभाजनको संघारमा पुगेपछि सो बैठकमा उपस्थित स्थायी कमिटीका नेताहरु पनि भोलिपल्टबाटै सहमतिको पक्षमा उभिएका थिए ।

सोही आधारमा बैठक स्थगित गर्दै अध्यक्षद्वय छलफलमा जुटनुभएको छ । आजको बार्तामा ठोश सहमतिको अपेक्षा गरिएको छ । यद्यपी नेकपाभित्र अझै पनि दुई अध्यक्षबीच सहमति नहोस भन्ने षडयन्त्रमा केही नेताहरु नै लागिरहेका छन । बार्तामा बस्नुअघि दुवै अध्यक्षले आज आफू निकट नेताहरुसँग परामर्श गर्नुभएको छ । दुवै अध्यक्ष गृहकार्यसहित बार्तामा बस्नुभएकोले निकाश आउने अपेक्षा गरिएको छ ।