काठमाडौं, असार २५
नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सक्रिय भएको खुलेको छ । विगत देखी नै भारतीय मिडियाको गलत दुरुपयोग गरिरहेको भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरु काठमाडौं पठाएको खुलेको हो ।
उच्च सुरक्षा स्रोतका अनुसार रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ) का प्रमुख सामन्तकुमार गोयल र इन्टेलिजेन्स ब्यूरो प्रमुख अरबिन्दकुमार शनिवार विहान काठमाडौं आईपुगेका हुन् । जसको पुष्टि भारतीय सञ्चारमाध्यमले समेत गरिसकेका छन् ।
उनिहरु काकडभिट्टा नाकाबाट सडकमार्ग हुदै काठमाडौं आईपुगेका थिए । भारतीय गुप्तचरहरू सुरूमा सोल्टी होटलमा बसेको, तर एक्स्पोज भएपछि द्वारिकाज, भिभान्ता र मेरियट होटलमा पुगेका खबर यसअघि नै सार्वजनिक भएका थिए । सोल्टीमा रहेका नेपाल वायु सेवा निगमका कर्मचारीमा कोरोना देखेपछि उनिहरु त्यहाबाट सरेको बताइएको छ ।
यद्यपी पछिल्लो समय उनिहरु सो होटलबाट पनि सरिसकेको बताइएको छ । बत्तिसपुतलीस्थित द्वारिकाज होटल निकै अघिदेखि भारतीय गुप्तचर र कुटनीतिज्ञहरूको रोजाइमा पर्ने गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटिको बैठकमा प्रधानमन्त्रीको राजिनामा माग भएपछि उनिहरुले झन सजिलो भएकाले नेपालनै आएर सक्रिय भएको स्रोतको दावी छ । उनिहरुको एकमात्र लक्ष्य ओलीलाई पदबाट हटाउनु रहेको छ ।
लद्दाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुग्दा नदेखिएका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि नेपाल आएको खुलेको छ । उनि केही दिन बसेर फर्किएका हुन्, जसले गर्दा लद्दाखमा उनि देखा परेनन् । त्यत्ति ठुलो घटनामा उनि प्रधानमन्त्रीसँग नदेखिनु आश्चर्यको विषय भएको भारतीय सञ्चारमाध्यमले पनि बताएका छन् ।
डोभालले केही उच्च राजनीतिक भेटवार्ता गरेर बाँकी काम रअलाई सुम्पिएर फर्किएको बताइएको छ । डोभाल भने एक दिनमात्र बसेर फर्किएको स्रोतको दावी छ । चीनसँग भिडियो कन्फ्ररेन्स गर्नुपर्ने भएपछि उनि फर्किएको बताइएको छ ।
नेपालले संविधान संशोधन (लिपुलेख, कालापानी र लिम्पीयाधुरासहितको नयाँ नक्सा) गरेपछिको विकसित राजनीतिक घटनाक्रम नियन्त्रण गर्ने प्रयासमा गोयल र कुमार रहेको भारतीय सञ्चारमाध्यम द पायोनियरको समाचारमा उल्लेख छ । उक्त समाचार अनुसार गुप्तचर प्रमुखहरूले गरेको वार्ता भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले सोझै अनुगमन गरेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतका नेतासँग उनीहरूले छलफल गरिसकेको समाचारमा लेखिएको छ । त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मधेश केन्द्रित पार्टीका नेता महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि भेटघाटमा समेटिएको दाबी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्