काठमाडौं, असार २५
सर्वोच्च अदालतले झापामा रहेको प्रस्तावित वि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन नदिनुको कारणसहित लिखित जवाफ पेश गर्न नेपाल सरकार र चिकित्सा शिक्षा आयोगलाई आदेश दिएको छ । मेडिकल कलेजले सबै प्रक्रिया पूरा भएर पनि सम्बन्धन नपाएको भन्दै संचालक दुर्गा प्रसाईले हालेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले त्यस्तो आदेश दिएको हो ।
२३ असारमा सर्वोच्चका प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको एकल इजलासले वि एण्ड सीलाई सम्बन्धन दिन रोक्नुपर्ने कारणसहित लिखित जवाफ १५ दिन भित्र पेश गर्न आदेश दिएको थियो । एकल इजलासले निवेदन सार्वजनिक महत्व भएको कारण मुद्धालाई अग्राधिकार प्रदान गरेको उल्लेख छ ।
प्रसाईले प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, काठमाडौं विश्वविद्यालय र मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो । प्रसाईले आफूले सबै कानुनी प्रक्रिया पूरा गरेको हुँदा तकाल सम्बन्धन पाउनुपर्ने जिकिर गर्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्