जनता टाइम्स

२५ असार २०७७, बिहीबार १५:३८

प्रधानमन्त्री ओलीको पक्षमा दृढतापुर्वक उभियो पत्रकार महासंघ : भारतीय मिडियालाई दियो कडा चेतावनी (बिज्ञप्तीसहित)


काठमाडौं, असार २५ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले दिएको समाचारप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ । जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको भन्दै पत्रकार महासंघले प्रतिवाद गरेको हो ।

‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ,’ महासचिव रमेश बिष्टले आज बिज्ञप्ती जारी गदै भन्नुभएको छ, ‘नेपाल पत्रकार महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार/प्रसारको कडा शब्दमा भत्र्सना गर्दछ ।’

महासंघले महासंघ प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।

यस्तो छ महासंघको चेतावनी

प्रेस विज्ञप्ति

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध लिएर भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ । महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको कडा शब्दमा भर्त्सना गर्दछ । साथै, महासंघ प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

रमेश विष्ट
महासचिव