जनता टाइम्स

२५ असार २०७७, बिहीबार १६:४१

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण


काठमाडौं, असार २५

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो । जसमा २ जना महिला र १८ जना पुरुष रहेका छन् ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४९ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ ।