नेकपाको नेतृत्वमा रहेको सरकारका कतिपय कमी कमजोरीका बाबजुद नेपालको इतिहासमा दिर्घकालिन प्रभाव पार्ने धेरै काम मध्य कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नेपालको नया नक्सा प्रकाशनको साथै संबिधानको अनुसुची संसदबाट सर्बसम्मत ढंगले पारित गराएको कामलाई जो कोही देशभक्तहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन । जसले गर्दा सरकार र नेकपाको प्रभावलाई ह्वात्तै बढाएको अबस्थामा छिमेकी राष्ट्र भारतको नकारात्मक गतिबिधि बढेको बढ्यै छ ।
भारतका सञ्चार माध्यमहरू नेपाल र नेपाली बिरूद्ध नांगो रूपमा बिषबमन गरिरहँदा पनि नेकपाका नेतृत्व तहमा रहेका नेताहरू आ–आफना पुरानै रटानमा रमाएको देख्दा मोफसलबाट हेर्दा नेकपाको कार्यकर्ता हुनुको नाताले अचम्म लागिरहेको छ । हिजो अनुमानको भरमा छिमेकी मुलुक भारतप्रति हामीले के भन्ने गथ्र्यौं ? हामी सवै ले स्मरण गर्दै आज भारत आफ्ना मिडियामार्फत नेपाल र नेपालीका बिरूद्ध अभियान चलाइरहेको देख्दा देख्दै आन्तरिक बिबादलाई प्रमुख बनाएर नेकपाको नाममा नेपाली जनतालाई दुखी बनाउँदै, नेकपाको देशभक्तिको झण्डालाई कमजोर बनाउने कामलाई अबिलम्ब बन्द गरी पार्टी एकतालाई अझ सुदृढ बनाउने गरी नयाँ स्तरमा छलफल अगाडि बढाउनु नेतृत्वको बुद्धिमानी हुनेछ ।
अन्यथा जसले जे पद प्राप्त गरे पनि नेपाल र नेपालीले थप संकटको सामाना गर्नु पर्नेछ । नेकपाका नेतृत्वको असक्षमता र पदलोलुपताका कारण जनताको मतको माध्यमबाट देशको नेतृत्व गर्ने अससर प्राप्त गरेको नेकपाको नेतृत्वदायी भुमिका धेरै टाढा पुग्नेछ । तर्सथ छिमेकी भारतले आफ्ना मिडियामार्फत खुलमखुल्ला नेपाल र नेपालीका बिरूद्ध धावा बोलिरहेको समयमा आन्तरिक बिषयमा समयक्रममा छलफल गर्ने गरी एकताबद्ध ढंगले अगाडि बढनुनै बुद्धिमानी हुनेछ ।
प्रतिक्रिया दिनुहोस्