जनता टाइम्स

२९ असार २०७७, सोमबार १६:००

कर्णालीमा थपिए ४७ संक्रमित, सुर्खेतका ४१ जना


सुर्खेत, असार २९

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट सोमबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमिमतमध्ये ४१ जना सुर्खेतका हुन् भने रुकुम पश्चिम र दैलेखका दुई/दुईजना र जाजरकोट र बाँकेका एक/एकजना रहेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मात्रै ४ महिलासहित २० जना, सिम्ता गाउँपालिकाका ६ महिलासहित २१ जना रहेका छन् ।

यस्तै, रुकुम पश्चिमको रानीभेरी गाउँपालिका(३ का दुईजना पुरुष, दैलेख आठबीस नगरपालिकाकी ११ वर्षीय बालिका र नारायण नगरपालिकाका ३५ वर्षीय पुरुष, जाजरकोटको भेरी नगरपालिका–७ र बाँकेको सीतापुर–४ का एक÷एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

साथै, सोमबार नै कर्णालीका विभिन्न आइसोलेसनबाट ४७ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १४५५ जना पुगेको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १६६३ जना पुगेको छ । अब आइसोलेसनमा २०२ जना रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ।