जनता टाइम्स

३० असार २०७७, मंगलवार १५:५३

कर्णाली प्रदेशसभा सदस्यमा कोरोना संक्रमण


सुर्खेत, असार ३०

कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । बर्षे अधिवेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिनुभएको उहाँको रिपोर्ट पोजेटिभ आएको हो । हाल सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उहाँ वीरेन्द्रनगर होम आइसोलेसनमा बस्नुभएको रस्वाथ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेको बताइएको छ । प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कका आएका सांसदको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी सांसददेखि पत्रकारसम्मको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको छ । सांसद, कर्मचारी, माननियहरुका स्वकीय सचिव र केही पत्रकारसहित १६० जनाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको हो ।