जनता टाइम्स

३१ असार २०७७, बुधबार १५:०१

बहिनी बलात्कारको अभियोगमा वडाध्यक्ष पक्राउ


सुर्खेत, असार ३१

कालीकोटका एक वडा अध्यक्ष किशोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । आफ्नै गाउँकी बहिनी नाता पर्ने किशोरीलाई तीन वर्षदेखि ललाइ-फकाइ बलात्कार गर्दै आएको उजुरी परेपछि शाहीलाई पक्राउ गरिएको डीएसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

आज जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान गरिने डीएसपी ओलियाले बताउनुभयो । उहाँका अनुसार वडा अध्यक्षलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।