जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार १२:०६

मौद्रिक नीति आज सार्वजनिक हुदै, यस्ता छन् सहुलियत


काठमाडौं, साउन २

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । कोरोना प्रभावित ऋणीलाई ध्यानमा राखेर बैंकले विभिन्न सुविधा दिने गरी मौद्रिक नीति ल्याएको छ । आज विहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति पारित गरेको हो ।

अपरान्ह तीन बजे गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नुहुनेछ । मौद्रिक नीतिले मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा केही बढाउने भएको छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार पर्सनल होमलोनको सीमा १० प्रतिशतले बढाइएको छ भने मार्जिल लेण्डिङको सीमा पनि ५ प्रशितले बढाएर ७० प्रतिशत पुर्याइने भएको छ ।

राष्ट्र बैंकले अटो लोनको सीमालाई पनि बढाएर ६० प्रतिशत पुर्याएको छ । ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु परेमा २० लाख हजार रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी इस्टलमेन्ट तिरे पुग्छ । तत्कालका लागि अन्य क्षेत्रमा ऋण प्रवाह हुनसक्ने अवस्था नभएका कारण यी क्षेत्रमा बैंकले प्रवाह गर्न पाउने ऋणको बढाइएको राष्ट्र बैंक स्रोतको दाबी छ ।

स्रोतका अनुसार मौद्रिक नीतिमा प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटनलगायतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था केही परिमार्जन गरिएको छ । ‘अब कृषिमा १२ देखि १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र बाँकी अन्यमा गरी परिमार्जन हुँदै छ,’ स्रोतले भन्यो, ‘कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकले गर्नेछ ।’

यस्तै, बैंक तथा वित्तीय संस्थामा नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गर्न लागिएको छ । ‘आंशिक रूपमा सीमा तोकेरै नगद लाभांश वितरणमा कडाइ गरिनेछ,’ स्रोतले भन्यो ।