जनता टाइम्स

३ श्रावण २०७७, शनिबार ०९:३१

पाल्पा–बुटवलको सडक अवरुद्ध, पहिरोमा ट्रक पुरियो


काठमाडौं, असार ३ । सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बेलुकी साढे १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

पहिरो गएको ठाउँमा रहेका गाडी सार्ने क्रममा सडक किनारको नालीमा फसेको लु १ क ११७५ नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सडक माथिल्लो भागबाट निरन्तर ढुंगा सहितको पहिरो खसेकाले डोजर लगाउन समस्या भएको प्रहरीको भनाई छ ।