जनता टाइम्स

४ श्रावण २०७७, आईतवार ०७:३८

इश्वर पोखरेलको कठोर प्रश्न : नेकपा एक हुन खोज्दा किन मन अमिलो पारेका होलान ?


काठमाडौं, साउन ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले पार्टी एक हुन खोज्दा चित्त दुखाउने काम भएको भन्दै गम्भीर प्रश्न उठाउनु भएको छ । उपप्रधानमन्त्री पोखरेलले ट्वीट गर्दै नेकपा एक हुन खोज्दा किन मन अमिलो पारेका होलान ? भन्दै एकता भाँडन लागेका केही नेताहरुपैति गम्भीर प्रश्न उठाउनु भएको हो ।

‘नेकपामा आन्तरिक समस्या समाधान हुन र गर्न खोज्दा किन मन अमिलो पारेका होलान ! ? अचम्म !’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको छ । शनिबार बसेको सचिवालय बैठकलगत्तै बरिष्ठ नेता मावधकुमार नेपालले गुटको भेला गर्नुभएपछि पोखरेलले यस्तो बताउनु भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल,प्रचण्डबीच सहमति भई आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव सचिवालयमा आएपछि नेपालले आपत्ति जनाउनु भएको थियो ।

नेता नेपालले अध्यक्षद्वयको सहमति नमान्ने भन्दैगुट भेला गर्नुभएको थियो । पार्टीभित्रको विवाद दिनप्रतिदिन बढदै गएपछि प्रधानमन्त्री एवं अध्यक्षद्वय ओली र प्रचण्ड मंसिरमै महाधिवशेन गर्ने कुरामा सकारात्मक भएपछि नेपाल रुष्ट हुनुभएको छ ।