काठमाडौं, साउन ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीबिरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ । जनताको बहुदलीय जनवादको बिषयमा नेतृ झाँक्रीले सामाजिक सञ्जाल ट्वीटरमा गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा उहाँको रामधुलाई नै भएको छ ।
पछिल्लो समय आफ्नै पार्टी नेतृत्वको सरकार, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध बिरोधको नेतृत्वकर्ता बन्नुभएकी झाँक्रीलाई आजको ट्वीटपछि भने कडा प्रतिवाद मात्रै होइन, हैसियतमा समेत कठोर प्रश्न उठाइएको छ । अनेरास्वबियूका पूर्व नेता एवं नेकपाका युवा नेता दिपक निरौलाले झाँक्रीको ट्वीटलाई लिएर कडा आपत्ति जनाउँदै हैसियतमा प्रश्न उठाउनु भएको छ ।
‘मलाई बिश्वास छैन यो रामकुमारीजीकोनै औलाले लेखेको हो भनेर ? यदि हो नै भने तपाईको भाषामा बुझाईमा जबज फिलिमै हो भनी मलाई भन्नु केही रहेन, किनकि बिचार कस्तो रहेछ ? अध्ययन के हुदैरेछ ? कसैमा भ्रम अव नरहला, यति हो तपाईको फिलिम चै अधुरो नबनोस,’ निरौलाले झाँक्रीको ट्वीटलाई स्क्रिनसर्ट गरेर पोष्ट गर्दै लेख्नुभएको छ ।
‘ईस्कीयाको अपार सफलतापछि आएको राम नेपाली कथानक चलचित्र ठोरीको अयोध्या दर्शकले खासै रुचाएनन, दुई दिनमा नै उत्रियो । महाधिवेशन मंसिरको पटकथा खासै जमेन, आजै जवज रिलिज हुँदैछ, हेरौं दर्शकको मन कति जित्न सक्छ ??,’ क्राँक्रीले प्रधानमन्त्री ओलीबिरुद्ध गरेको यो ट्वीटलाई अधिकांशले गालीको बर्षा गरेका छन ।
निरौलाकै पोष्टमा कमेन्ट गर्नेहरुले झाँक्रीको बारेमा अत्यन्तै नकारात्मक धारणा राखेका छन । बागमति प्रदेशकी साँसद तथा नेकपाका नेतृ सरस्वती बस्नेतले झाँक्रीलाई रामधुलाई गर्दै लेख्नुभएको छ, ‘कस्ता कस्तालाई नेता बनाइएछ,’ नेतृ बस्नेतले भख्नुभएको छ । यस्तै अन्यले पनि कडा आलोचना गर्दै गालीको बर्षा गरेका छन ।
हेर्नाेस झाँक्रीमाथि गालीको बर्षा
प्रतिक्रिया दिनुहोस्