काठमाडौं, साउन ७
ट्राफिक प्रहरीले लकडाउन अघि गर्दै आएका गतिविधी आजबाट पुन सुचारु गर्ने भएको छ । सार्वजनिक यातायत सञ्चालनमा आएसँगै आजबाटै मापसे चेकिङ पनि सुरु गर्ने भएको हो ।
महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न भनेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।
यस्तै आजबाटै लागु हुने गरि लकडाउनअघिका सबै ट्राफिक गतिविधि सुरु गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो । महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्ने टोलीसमेत परिचालन गरेको छ ।
टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने एसएसपी ढकालले बताउनु भयो । महिला प्रहरीको टोलीले बसपार्क, बसबिसौनी र गुडिरहेको बसमा समेत अनुमगन गर्नेछ । ट्राफिक प्रहरीले दैनिक तोकिएको भन्दा बढी यात्रु बोक्ने सार्वजनिक सवारीलाई कारबाहीसमेत गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्