काठमाडौं, साउन १० । सशस्त्र प्रहरीको इतिहासमै पहिलो पटक गण कमाण्ड नयाँ पुस्तामा पुगेको छ । आइजीपी शैलेन्द्र खनालको प्रस्तावअनुसार गत विहिबार भएको सरुवामा ४२ मध्ये ३८ वटा गण सशस्त्र प्रहरी निरीक्षकबाट प्रवेश गरेका सिसं २ अर्थात् दोश्रो व्याचका सशस्त्र प्रहरी उपरीक्षकहरुको जिम्मा दिइएको हो ।
४२ जना गणपति मध्ये चार जना बाहेक ३८ जना सशस्त्र प्रहरीको दोश्रो व्याचका भर्ना हुन । एक जना सिसं १ अर्थात् पहिलो व्याचबाट छन् भने अन्य तीन जना समेत पहिलो पटक गण कमाण्ड गर्ने अधिकृतहरु हुन् । सशस्त्रको यो निर्णयले फिल्ड कमाण्ड थप मजवुद चुस्त दुरुस्त हुने अपेक्षा गरिएको छ । यसका साथै सशस्त्र प्रहरीको हालैको सरुवा निस्पक्ष¸ पारदर्शी र सन्तुलित समेत देखिएको छ । डिआईजि सरुवामा प्राय सबै भर्खर डिआईजि भएका र पहिलो पटक कमाण्ड पाएकाहरु छन् भने कमाण्डबाट कमाण्डमा कसैलाई पनि पठाईएको छैन । जम्मा ८ वटा बाहिनीका बाहिनीपतिमा यस अघि कमाण्ड गरेका दुइ जना डिआईजि मन्दीप श्रेष्ठ र प्रविन कुमार श्रेष्ठ मात्र हुन भने अन्य ६ जनाकै पहिलो कमाण्ड हो ।
श्रेष्ठद्वय पनि गत वर्ष नै मुख्यालय सरुवा भएका थिए । उनीहरुको एक वर्ष पछि मात्र बाहिनी सरुवा भएको हो । यो सरुवा निष्पक्ष पारदर्शी र सन्तुलित कार्यको अब्बल उदाहरण हो¸ यस कार्यमा सशस्त्र प्रहरी महानिरीक्षक खरो रुपमा उत्रनु भएको छ¸ मुख्यालयका एक उच्च अधिकृतले भने । यसका साथै संगठनको आन्तरिक शुद्धिकरणमा महानिरीक्षक खनालको काम कारवाही व्यवहारमा नै देखिन थालेको छ । “देश र जनताको लागि फिल्डमा उच्च अनुशासनका साथ निष्पक्ष र उत्कृष्ट कार्य गर्नुहोस्¸ होइन भने एक वर्षका लागि कमाण्ड पाए भनेर नसोच्नुस् विचमा नै तानिन सक्नु हुन्छ” गत वर्ष कमाण्डमा जानु अघि गणपतिहरुलाई महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिने समयमा बोलेका कुरा हुन् यी । जुन कुरा फिल्डमा देखिएको छ ।
राम्रालाई पुरस्कार र गल्ती गर्नेलाई सजाय दिने यस प्रकारको कार्यले फिल्डमा कमाण्डरहरु थप जिम्मेवार र सचेत हुने अपेक्षा समेत सशस्त्र प्रहरी बलको छ । यसका साथै एक वर्षको विचमा पाँच सय बढी जना कर्मचारी समेत सजायको भागिदार भएका छन् । पछिल्लो समय प्रशासन बिभागमा आइजीपीकै ब्याजी एआइजी पुष्पराम केसीकोसरुवा भएपछि सशस्त्र प्रहरीको काम झनै प्रभावकारी बनेको ती अधिकृतको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्