जनता टाइम्स

१० श्रावण २०७७, शनिबार १३:५७

कोरोनाबाट ज्यान गुमाएकी किशोरीलाई झाडापखाला, मृत्यु हुनेको संख्या ४५


पर्सा, साउन १०

पर्साको वीरगन्जस्थित गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा शुक्रबार मात्रै २ जना कोरोना संक्रमितको ज्यान गएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत ८५ वर्षीया वृद्धा र १७ वर्षीया किशोरीको ज्यान गएको हो । शुक्रबार बिहान मृत्यु भएको संक्रमित वृद्धामा मुटु रोगसमेत रहेको बताइएको थियो। शुक्रबार साँझ बारा परवानीपुर–४ की १७ वर्षीया किशोरीको कोरोना संक्रमणका कारण नै ज्यान गएको हो ।

किशोरीमा श्वास–प्रश्वासका साथै झाडापखाला पनि देखिएको नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । वीरगन्ज हेल्थ केयर अस्पतालमा बुधबार उपचारका लागि गएकी किशोरीमा कोरोनासाग मिल्ने लक्षण देखिएको थियो । आरडीटी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट देखिएपछि स्वाब संकलन गरी बिहीबार राति साढे ९ गण्डक कोभिड अस्पतालमा सारिएको थियो ।

शुक्रबार नै आएको युवतीको पीसीआर रिपोर्ट पोजेटिभ देखियो । फोक्सोमा जटिलका साथै समस्या झाडापखाला पनि देखिएकी किशोरीको उपचारकै क्रममा शुक्रबार साँझ ५ः३० मा ज्यान गएको थियो । कोरोना संक्रमण फैलिएपछि वीरगन्जमा आज बिहान ५ बजेबाट निषेभाज्ञा जारी गरिएको छ भने । आकस्मिक सेवाबाहेक सबै अस्पताल बन्द गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।