जनता टाइम्स

१० श्रावण २०७७, शनिबार १४:११

कन्ट्याक्ट ट्रेसिङ पछ्याउँदा सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीलाई कोरोना


झापा, साउन १०

कोरोना संक्रमण देखिएका सशस्त्र प्रहरीको कन्ट्याक्ट ट्रेसिङ पछ्याउने क्रममा थप १८ प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । काँकडभिट्टा सीमामा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि साउन ७ गते सशस्त्रका ४८ जनाको स्वाब संकलन गरी विराटनगर स्थित प्रादेशिक प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो ।

शुक्रबार आएको रिपोर्टमा सशस्त्रका १ महिला र १७ पुरुषमा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । १८ जनामा कोरोना पुष्टि भएसँगै काकडभिट्टा सीमाको सशस्त्र प्रहरी क्याम्पलाई सिल गरिएको छ । संक्रमण देखिएका सबैलाई उपचारका लागि मोरङ, गोठगाउँको कोभिड अस्पतालमा पठाइएको छ ।