जनता टाइम्स

११ श्रावण २०७७, आईतवार ०८:४५

शंकर पोखरेलको नजरमा यस्तो छ नेकपा बिवादको कारण र समाधानको सही बिधि


काठमाडौं, साउन ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्र देखिएको बिवाद कुर्सी केन्द्रित रहेकोले बिचार केन्द्रित बनाउनुपर्ने धारणा राख्नुभएको छ । पार्टीभित्र केही नेताहरु अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गुटबन्दी बढेको बेला पोखरेलले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले विचारको बहसका लागि एकता महाधिवेशनको विकल्प नभएको भन्दै अहिलेको बिवाद कुर्सीका लागि मात्रै रहेको ठोकुवा गर्नुभएको छ । ‘विचारको बहसका लागि एकता महाधिवेशनको विकल्प छैन । अहिलेको विवाद कुर्सीमा केन्द्रित देखियो । यसलाई विचारको बहसमा रुपान्तरण गरौं,’ पोखरेलले भन्नुभएको छ ।