जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार १५:३३

नेपाल–भारत सम्बन्धमा कुनै समस्या छैन: भाजपा नेता आड्वाणी


नयाँ दिल्ली, जेठ ११

भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाईदा हुने बताउनुभएको छ ।

उहाँले नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध छ । हामीबीचको जनस्तरको सम्बन्धले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाएको बताउनु भयो ।

आड्वाणीले भारतले नेपालको विकास हेर्न चाहेको बताउनु भयो । उहाँले भन्नुभयो ,‘मलाई विश्वास छ अब नेपालले छिट्टै आफ्नो विकास र समृद्धि हाँसिल गर्छ । नेपालको विकासमा भारत सरकारको पूरापुर सहयोग रहन्छ ।’

पछिल्लो समय नेपाल–भारतबीचको द्धिपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उहाँको दाबी थियो । उहाँले,‘हामीबीच कुनै समस्या छैन, नेपाल र भारतबीच सदियौंदेखि सुमधुर सम्बन्ध रहेकोले हामीबीच हरेक रुपले घनिष्ठ सम्बन्ध छ ।’