जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार ०७:२१

ब्राजिलमा मृत्यु हुनेको संख्या ८७ हजार नाघ्यो


काठमाडौं, साउन १२ । चीनको उहान राज्यबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५५६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा सोमबारसम्म २४ लाख १९ हजार ९०१ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २३ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ लाख ३४ हजार २७४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९८ हजार ५७५ जनाको उपचार भइरहेको छ ।