जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १५:५४

प्रचण्डले सुनाए प्रधानमन्त्रीको राजीनामा च्याप्टर क्लोज भएको निर्णय, चिया पिउँदै सहमति जनाएर फर्किए माधव–झलनाथ


काठमाडौं, साउन १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक एजेण्डाअनुसार अघि बढाउने निश्कर्ष सुनाउनु भएको छ । भोलि बस्न लागेको स्थायी कमिटी बैठकमा तय गरिएको एजेण्डाअनुसार छलफल अघि बढाएर अव बैठक स्थगित नगर्ने निश्कर्ष अध्यक्ष प्रचण्डले सुनाउनु भएको हो ।

प्रचण्ड निवासमा बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ आज बिहान पुग्नुभएपछि उहाँले यस्तो निर्णय सुनाउनु भएो हो । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध खनिनुभएका तीनै जना नेताले भोलिको बैठक के हुन्छ भन्दै सोधेपछि तय गरिएको एजेण्डाअनुसार अघि बढाउने बताउनु भएको हो । असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा एजेण्डामै नभएको प्रधानमन्त्रीको राजीनामाको प्रसंग उठाएर नेपाल खनाल समुह गुटबन्दीमा लागेपछि पटक पटक बैठक स्थगित हुँदै आएको छ ।

सरकारलाई प्रभावकारी कामै गर्न नदिएर पार्टीको समस्यामा अल्झाइ राख्ने र ओली असफल भयो भन्दै नारा लगाउने नियोजित योजनाका साथ सो समुहले प्रधानमन्त्रीबिरुद्ध बिभिन्न योजना बनाइरहेको छ । पछिल्लो पटक दुई अध्यक्षबीच भएको सहमति पनि सोही समुहले भाँडने लागेपछि निकै सतर्क हुनुभएका अध्यक्ष प्रचण्डले आज आफ्नो घाँटी खराव भएको कारण देखाएर भोलिको बैठक एजेण्डाअनुसार अघि बढने भन्दै चिया खुवाएर पठाउनु भएको अध्यक्ष प्रचण्ड सचिवालयका एक सदस्यले जनताटाइम्सलाई बताए ।

‘अध्यक्ष प्रचण्डले घाँटी खराव छ, धेरै बोल्न मिल्दैन भनेर चियाँ खुवाएर पठाउनु भएको छ, स्थायी कमिटीको बैठक एजेण्डाअनुसार अघि बढाउने निश्कर्ष पनि सुनाउनु भयो, उहाँको सो निर्णयमा तीनै जना नेताले सहमति जनाएर जानुभयो,’ ती सदस्यले जनताटाइम्स डकटमसँग भने । नेकपाको स्थायी कमिटी बैठक भोलि (साउन १३ गते) बस्दैछ । जेण्डाअनुसार बैठक अघि बढाउने प्रचण्डको यो निर्णयमा सहमति जनाएसँगै नेकपा स्थायी कमिटीमा अव प्रधानमन्त्रीको राजीनामाको बिषय च्याप्टर क्लोज भएको छ । बैठकका लागि तय गरिएको सात बुँदे एजेण्डामा प्रधानमन्त्रीको राजीनामाको बिषय छैन ।

यी हुन बैठकले तय गरेका एजेन्डा

१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन ।
२. कोभिड(१९ को नियन्त्रण, रोककथाम र उपचार सम्बन्धमा ।
३. नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामको समीक्षा र सांगठानिक एकथाको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६. एममसीसीका सम्बन्धमा ।
७. विविध
क. रूकुम घटना ।
ख. नागरिकता विधेयक ।
ग. संघीय संसदका सदस्यहरूको भत्ता ।

स्थायी कमिटी बैठकमा बिधि र पद्धतीबिपरित घुसाईको राजीनामाको बिषय क्लोज भएको प्रचण्डको निर्णयमा बरिष्ठ नेता नेपाल, खनाल र प्रवक्ता श्रेष्ठले सहमति जनाउनु भएको छ । अध्यक्ष प्रचण्डले आजै उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापासँग पनि परामर्श गर्नुभएको छ । पछिल्लो पटक स्थायी कमिटी बैठक स्थगित भएपछि एक पटक मात्रै प्रधानमन्त्री ओलीसँग छलफल गर्नुभएका प्रचण्डले यसबीचमा जनताको बहुदलीय जनवादको बिषयमा पूर्वमाओवादी निकट नेताहरुसँग राय लिने काम पनि गर्नुभएको छ ।