जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार ०८:२५

कोरोना अपडेट : विश्वभर १ करोड २ लाख १७ हजार ५७३ जना संक्रमित डिस्चार्ज


काठमाडौं, साउन १३ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६६ लाख २९ हजार ६५१ पुगेको छ । यस्तै कोरोनाबाट ६ लाख ५५ हजार ८७३ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये एक करोड २ लाख १७ हजार ५७३ जनाले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको वर्ल्डोमिटर्सले जनाएको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ५७ लाख ५६ हजार २०५ रहेको छ । तीमध्ये ६६ हजार ६ सय ६ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ४४ लाख ३२ हजार ५५१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४२५ पुगेको छ । २१ लाख ३३ हजार ८१० जना निको भएर घर फर्केका छन् भने १९ हजार १४६ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या २४ लाख ४३ हजार ४८० सय पुगेका छ भने मृत्यु हुनेको संख्या ८७ हजार ६७९ रहेको छ ।