जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार २२:०७

बामदेव निवासमा प्रधानमन्त्री ओलीको ‘सरप्राइज इन्ट्री’


काठमाडौं, साउन १३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले मंगलबारबाट कोल्टे फेरेको छ । दलभित्रको समिकरण फेरबदल भएपछि अहिले नयाँ सिराबाट अगाडी बढेको छ । पार्टीभित्र नेताहरुबीच किचलो भएपनि व्यक्तिगत सम्बन्ध भने राम्रो रहेको छ ।

एउटै पार्टी भित्र बसेपछि कहिलेकाँही झगडा हुनु वा मनमुटाव हुनु सामान्य विषय हो । मंगलबारपनि दिनभर नेकपाको विवादले तनाव लिईरहेको थियो । तर, साँझ परेपछि उपाध्यक्ष बामदेव गौतमको निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरप्राइज इन्ट्री भएको छ । साँझको करिव सात बजेतिर प्रधानमन्त्री ओली आफ्नी पत्नी राधिका शाक्यलाई लिएर गौतम निवास भैसेपाटी पुग्नु भयो ।

उहाले खाना खानेगरी आफु आउन लागेको जानकारी गौतमलाई दिनुभएको स्रोतले जानकारी दिएको छ । नेकपाको विवादमा दिउँसो गौतमले ६ बुँदे प्रस्ताव पेश गरेपछि त्यसले तरंग ल्याएको छ । त्यसलगत्तै प्रधानमन्त्री ओली गौतमलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीसँगै महासचिव विष्णु पौडेल पनि गौतम निवास जानु भएको छ ।