जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार २२:०१

प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कडायत


काठमाडौं, साउन १४

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायतलाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रवक्ता तोकिएको हो ।

कडायत यसअघि सहप्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो । निरज शाही अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि रिक्त ठाउँको जिम्मेवारी कडायतलाई दिइएको हो । एआईजीमा बढुवा भएका शाहीलाई मानव श्रोत विभाग र प्रधुम्न कार्कीलाई प्रहरी एकेडेमीको जिम्मेवारी दिइएको छ । कार्की र शाहीले बुधबार दिउँसो दर्ज्यान्ही चिन्ह लगाउनु भयो ।