जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार ०९:२०

नेकपामा यसरी बिफल भयो बिभाजनकारीको योजना


काठमाडौं, साउन १५ । उपाध्यक्ष बामदेव गौतमसहित स्थायी कमिटीका नेताहरुले निर्णायक हस्तक्षेप गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनबाट जोगिएको तथ्य बाहिर आएको छ । सचिवालयको निर्णयबिपरित सहमति प्रस्ताव तयार पार्नुको साटो गुटभेला गरेर पार्टी बिभाजनकै तहमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लागेको पाएलगत्तै गौतमसहितका नेताहरुले मंगलवारको भेलामा निर्णायक हस्तक्षेप गरी एकता बचाउनु भएको हो ।

यद्यपी पार्टी बिभाजन गर्ने योजनामा रहेको समह अहिले पनि बिभिन्न बहाना बनाएर पार्टी बिभाजन गरी प्रधानमन्त्री केपी शर्मा ओली हटाएर कसैलाई खुसी पार्न चाहिरहेको पर्दाभित्रका खेलहरु जारी नै रहेको छ । तर अव पार्टी बिभाजन भने टरेको संकेत स्थायी कमिटीका नेताहरुले दिएका छन । स्थायी कमिटीका सदस्इ टोपबहादुर रायमाझीका अनुसार मंगलवारको दृष्य र निर्णायक हस्तक्षेपपछि एकताको ठोश आधार बनेको छ भने अध्यक्षदेवय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड डेन्जर जोनबाट बाहिर आउनु भएको छ ।

यसरी बिभाजनको डिलैमा पुगेको नेकपा बचाउन स्थायी कमिटीका नेताहरुले मंगलवार राम्रैसँग हस्तक्षेप गर्नुभएको पाइएको छ । अध्यक्ष प्रचण्ड खुमलटारमा गुट भेला गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीबिरुद्ध लागेर सचिवालयको निर्णयअनुसार प्रस्ताव तयार नभएपछि बैठक स्थगित भएको थियो । तर प्रचण्डले बहुमत आफूसँग छ भन्दै बैठक राख्नुभयो । आफू निकट नेताहरु मात्रै रहेको भनिएको बैठक (भेला) प्रचण्ड, नेपाल र खनालले सोचेजस्तो भएन । ठीक बिपरित देखियो ।

फोनमा धम्की दिँदै बोलाउन थालेपछि त्यस दिनको बैठकमा २९ जना स्थायी कमिटका सदस्यहरु जम्मा भए। तर बैठक औपचारिक भन्ने कि भेला भन्ने बिवाद देखियो । कोराम पुगेको भन्दै प्रधानमन्त्रीलाई बोलाउन अध्यक्ष प्रचण्ड र झलनाथ खनाल प्रधानमन्त्री ओलीकहाँ जानुभयो । खनालकै सामू प्रचण्डले ओलीलाई प्रश्न गर्नुभयो– ‘बैठक किन स्थगित गर्नुभयो ?’ ओलीले जवाफ दिनुभयो– यो सात दिन बैठक किन स्थगित भयो ? तपाईंले बुझ्नुभएको छ । हामी दुई अध्यक्ष मिलेर सहमति गरेर एजेन्डा बनाउने, सचिवालयमा भएको निर्णयलाई प्रष्ट पार्ने र त्यसलाई सचिवालय बैठकबाट निर्णय गराएर स्थायी कमिटीमा लाने भनेर नै यो सात दिन बैठक स्थगित भएको हो। तर, तपाईं त्यतातिर लाग्नुभएन, तपाईंले खुमलटारमा पटकपटक गुटका भेला गर्नुभयो। दिएको जिम्मेवारी पूरा नगरीकन, सल्लाह नगरी बैठकमा किन जाने ? हाम्रो काम नै पूरा भएको छैन। त्यसकारण बैठक स्थगित गरेको हो।’

प्रचण्डलाई प्रधानमन्त्री ओलीले थप भन्नुभयो, ‘अनि तपाईंले खुमलटारमा गुटबन्दी गरेर बसेको बैठकका निर्णयहरु पालना गर्न जाने म ? हामीले लिएका जिम्मेवारी पूरा नगर्ने, सचिवालयको निर्णय पालना नगर्ने अनि खुमलटारमा गुटको निर्णय कार्यान्वयन गर्न जाने म ? त्यही भएर म जान्नँ। प्रचण्ड कमरेड तपाईं पार्टीको नीतिअनुसार चल्ने कि गुटबन्दी गरेर खुमलटारको नीति चलाउँदै जाने ? जाने भए निर्णय गर्नुस, म फेस गर्छु। दुई वटा कुरा किन गर्नुहुन्छ ? कि सहमति गर्नुस, नत्र म अर्कोतिर जान्छु भन्नुस।’

अध्यक्ष तथा प्रधानमन्त्री अ‍ेलीको यो कुरा सुनेपछि दुवै नेता हस भन्दै फकिनुभयो । प्रचण्ड र खनाल फर्केर बैठक कक्ष पुगनुभयो । त्यहाँ प्रधानमन्त्री ओलीको भनाइ राखेर यस्तो भयो अब के गर्ने हो भनेर सोध्नुभयो । त्यसपछि बैठकमा उपाध्यक्ष वामदेव गौतमले ६ बुँदा सहमतिको प्रस्ताव पेस गर्नुभयो । वामदेवका प्रस्तावले स्थायी कमिटीका सवै नेताको मन छोयो । आफूहरुलाई लागेको कुरा गौतमले प्रस्तावका रुपमा ल्याएपछि भित्रभित्रै गदगद भएर समथृन जनाउने निश्कर्षमा पुगे । बोल्ने क्रममा भीम रावल बामदेव कमरेडको प्रस्तावमा मेरोपूर्ण समर्थन छ भन्नुभयो ।

उहाँले ‘नेताहरुको पद बाँडफाँटको लागि हाम्रो टाउको गन्ने कुरामा मेरो सहमति छैन, म त विचार र विधिबाट पार्टी चल्नुपर्छ भन्ने हो, नेताहरुको पदको लागि लड्ने मान्छे होइन भनेर उठेर हिँड्नुभयो । त्यसपछि जनार्दन शर्मा बोल्नुभयो । शर्माले ‘महाधिवेशनबाहेक अर्को विकल्प छैन, महाधिवेशनमा छिट्टै जाऊँ’ भन्नुभयो । अर्का नेता योगेश भट्टराई पनि बामदेवकै प्रस्तावमा सहमत भन्दै बैठकबाट हिडनुभयो ।

यस्तै हरिबोल गजुरेलले पनि ‘नेताहरुको भन्दा जनताको स्तर माथि भयो, जनतालाई पार्टी र नेताहरुले नेतृत्व गर्न सक्नुभएन’ भन्नुभयो । यस्तै नेतृ पम्फा भुसालले पनि पार्टी एकताको विषयमा आफ्ना धारणा राख्दै बामदेवको प्रस्ताव सही रहेको तर्क गर्नुभयो । आफ्नो पक्षका गुट भेला भनिएको त्यो बैठकमा त्यसदिन जति नेताले बोल्नुभयो सबैले पार्टी एकतालाई जोगाउनु पर्छ मात्र भन्नुभयो। प्रचण्ड माधवको योजनामा साथ दिनुभएन । बैठक कसैले पनि प्रचण्डलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्छ भनेनन । बैठकको दृष्य देखेपछि माधव नेपाल र झलनाथ खनाल पनि बोल्दै बोल्नुभएन ।

भेला कि बैठक भन्ने कुरामा रघुजी पन्त र बेदुराम भुसालले कृषिमन्त्रीसमेत रहनुभएका नेता घनश्याम भुसालले लेखेको कागजको चिर्कटो च्यात्नुभयो, त्यहाँ निकै सवाल जवाफ भएपछि अध्यक्ष प्रचण्डले अन्तिममा पार्टीको अर्को बैठक बसाल्न अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग सल्लाह गर्ने र बैठकको मिति तोक्ने निर्णय गरेर बैठक सकाउनु भयो । सचिवालयको निर्णयअनुसार प्रस्ताव तयार नभएपछि स्थगित भएको बैठक जवर्जस्ती राखेर मंगलवार नै पार्टी बिभाजन गर्ने योजनामा स्थायी कमिटी सदस्यहरुले यसरी बिफल बनाइ दिएका हुन । सचिवालय र स्थायी कमिटीमा असफल भएपछि अव एकताबिरोधी समुह केन्द्रीय सदस्य उचाल्न लागेको छ । सके प्रधानमन्त्रीबाट ओली फाल्ने, नसके काम गर्नै नदिने भारतको योजनाअनुसार यी सवै काम भइरहेको छ ।