जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार १८:३१

३१८ कर्मचारीको दरवन्दी स्वीकृत : यी हुन मन्त्रिपरिषदले गरेको १५ मन्त्रालय अन्तर्गतका २१ निर्णय (सूचीसहित)


काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र आयोगका लागि तीन सय १८ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीवार (आज) आयोजित नियमित पत्रकार स्म्मेलनमा दिनुभएको जानकारीअनुसार साउन १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ सय १८ जना कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

मन्त्री खतिवडाका अनुसार सो दिनको मन्त्रिपरिषद बैठकले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति बिघटन गरी तदर्थ समिति गठन, राष्ट्रिय खेलकुद परिवादको सदस्यसचिव र उपाध्यक्षको नियुक्ति, रेडियो नेपालको कार्यकारी निर्देशकको नियुक्ति पनि गरेको छ । यस्तै सहसचिव मधु मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

हेर्नाेस निर्णय