जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार १४:३७

जव निर्वस्त्र भएर सडक प्रर्दशनमा उत्रिइन युवती (भिडियोसहित)


काठमाडौ., साउन १६ । यतिबेला सामाजिक सञ्जालमा एक युवतीको तस्वीर र भिडियो भाइरल भइरहेको छ । सडकमा निर्बस्त्र युवती आएर प्रदर्शन गरेपछि सामाजिक सञ्जालमा उनको बारेमा चासो राख्दै तस्विर भाइरल भएको हो ।

भिडियोको समयअनुसार योघटना अमेरिकाको पश्चिम तटीय सहर पोर्टल्यान्डमा शनिबार राति करिव १ः४५ बजे भएको हो । जहाँ युवती अनुहार छोपेर निर्बस्त्र रहेकीछन । प्रद्धर्शनबीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीले सबैको ध्यान आफुतिर खिचेकी थिइन । सबैको ध्यान आफुतिर तानिनुमा एक कारण उनको साहस थियो भने अर्को कारण उनी विल्कुलै नग्न अवस्थामा थिइन् । उनले शिरमा कालो टोपी र मुखमा कालो मास्कबाहेक अरू कुनै कपडा लगाएकी थिइनन् ।

पछिल्लो समय अमेरिकामा जातीय विभेद लगायत जोखिमपूर्ण समूहको मुद्दा उठाएर देशव्यापी प्रदर्शन भइरहेको बेला दर्जनौं सुरक्षाकर्मीसामु शारीरिक रूपले नग्न र शान्त हाउभाउमा प्रस्तुत भएकी ती युवतीलाई अमेरिकामा जारी विद्रोहको प्रतीक मानिएको छ ।

ती युवतीले सुरक्षाकर्मीकै अगाडि नग्न अवस्थामा योगका विभिन्न आसन प्रस्तुत गरेकी थिइन् । उनले केही बेर एउटा खुट्टाको भरमा उभिँदै आफ्ना दुवै हात हावामा उचालेकी थिइन् । नर्तकीले झैं विभिन्न मुद्रामा शरीर घुमाएर देखाएकी थिइन् । त्यस्तै, ती युवतीले सुरक्षाकर्मीतर्फ मुख फर्काएर सडकमा थुचुक्क बस्दै आफ्ना दुवै खुट्टा फैलाएकी थिइन् ।

झन्डै १५ मिनेटसम्म सडकमा विभिन्न हाउभाउ प्रस्तुत गरेपछि केही बेर शान्त मुद्रामा उभिएकी उनी चुपचाप भीडमा हराएकी थिइन् । परिचय नखुलाइएपनि ती युवतीको सामाजिक सञ्जालहरूमा ‘नेकेड एथेना’ भनेर परिचय गराइएको छ । उनको प्रदर्शनकोक्रममा सुरक्षाकर्मीले अगाडि आएर शरीर छेक्ने प्रयाश गरेका थिए ।

हेर्नाेस भिडियो