जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार १५:०२

यी सात काम गर्नु प्रधानमन्त्री ओलीको अपराध हो ?


सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपो शर्मा ओलीलाई किन हटाउने रे

१. कालापानि, लिपुलेक र लिम्पियाधुरामा रहेको सीमा समस्यामा सिंगो राष्ट्रलाई एक ढिक्का बनाइ त्यसको नेतृत्व गरेकाले।

२. समानतामा आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्दै राष्ट्रिय एकता र सामाजिक सद्भभावको पक्षमा संझौताहीन अडान राखेकाले ।

३. गत निर्वाचनको बेला वहाँकै नेतृत्वमा जनताको इजलाशवाट जनअनुमोदित भएको, दलवाट सर्वसम्मत नेता चयन भएकोले ।

४. प्रधानमन्त्री ओलीकै नेतृत्वमा राजनीतिक स्थीरता, स्थायित्व, समृद्धि र राष्ट्रिय हितमा मुलुकलाई अगाडि वढाएकोले।

५. पार्टी एकताको यो असाधारण अवस्था हो। यसमा गणित मिलाएर होइन, दुई अध्यक्षका वीचको सहमति, समझदारी र सहकार्यवाट मात्र पार्टीले पुर्णता पाउँछ।महाधिवेशन गरौं, फैसला सिरोधार्य गर्दै अगाडि वढौं भनेकाले ।

६. दुवै पार्टीका अध्यक्षहरु महाधिवेशनवाट निर्वाचित भए र आएका हुन, त्यसैले एकता प्रक्रियावाट पनि उहाँहरुनै अध्यक्ष वन्नु भएको हो । एकता महाधिवेशन पुर्व दुवै अध्यक्ष कायम हुनेछन, हटाउन सकिन्न। हटाउन खोज्नु भनेको पार्टी विभाजनको वाटो रोज्नु हो। यो मान्न सकिन्न भनेकाले ।

७. पार्टीको दोस्रो केन्द्रीय कमिटीको वैठकले सर्वसम्मतिले एकता महाधिवेशनको तिथि रमिति तोकेको छ। स्थानीय र प्रदेशको अधिवेशनको सिमा तोकेको छ। अब स्थायी कमिटीले महाधिवेशनको कार्यतालिका प्रकाशन गरेपछि मात्र सहमतिमा केन्द्रीय कमिटीको वैठक वोलाउने हो। अन्यथा केन्द्रीय कमिटीको वैठक कुन एजेन्डामा छलफल गर्न वोलाउने हो ? फेरी स्थायी कमिटीको निरन्तरताको पुनरावृत्ति हुनेछ । समस्या जहाँ छ, निदान त्यहीं खोजौं भनेकोले वा के ?

(लेखक गौतम नेकपाका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रेस संगठन नेपालका इञ्चार्ज हुनुहुन्छ : सं)