जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार ०७:०१

भारतमा एकैदिन ५४ हजार बढीमा कोरोना संक्रमण


काठमाडौं,  साउन  १८ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा साढे १७ लाख मानिस संक्रमित भएका छन् ।
आइतबार विहान सम्ममा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ ।
भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८५२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३७ हजार ४०३ पुगेको छ ।