जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार ०७:३५

कोरोना अपडेट : विश्वभर १ करोड १३ लाख १८ हजार बढी निको


काठमाडौं, साउन १८ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १ करोड ८० लाखभन्दा बढी मानिस संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ५६६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ८४९ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । आइतबार बिहानसम्म १ करोड १३ लाख १८ हजार ८५२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् । यस्तै एकै दिन ५ हजार ३८६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८८ हजार ५९१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ५९८ जनाको मृत्यु भएको छ । २८ लाख ८५ हजार ५६७ जना संक्रमित भएकोमा १७ लाख ४१ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ३१२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख ९८ हजार ३०२ पुगेको छ । त्यसमध्ये २८ लाख ९४ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९८ हजार ७७ जनाको मृत्यु भएको छ । ४३ लाख ७४ हजार १४५ जना संक्रमित भएकोमा ३२ लाख ३७ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४५ हजार ३४५ जनाको मृत्यु भएको छ । ४१ लाख ८२ हजार ४११ जना संक्रमित भएकोमा २८ लाख ३१ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार १८ जनाको ज्यान गएको छ भने ९ लाख ४८ हजार ६८७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ६ हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २२६ जनाको मृत्यु भएको छ । १९ हजार ६१ जना संक्रमित भएकोमा ११ हजार ८५६ जना संक्रमणमुक्त भएका छन् ।