जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार १७:०६

यी हुन भूमि आयोगलाई मन्त्री अर्यालको दुई निर्देशन


ललितपुर, साउन १८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी छलफल गर्नुभएको छ ।

आयोग पदाधिकारी तथा केही सांसदहरुसँग आज गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिनुभयो । ललितपुरमा आज गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिनुभएको थियो । आयोगको कामको अवस्थाका बारेमा जानकारी लिएपछि मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडि बढाउन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । ‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो । त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस,’ मन्त्री अर्यालले भन्नुभयो, ‘यो काम छिटो अगाडि बढाउनुपर्छ । तपाईहरु त्यसका लाग्नुस ।’

मन्त्री अर्यालले आयोगले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अघि बढ्नुपर्ने समेत बताउनुभयो । देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उहाँले यो महत्वपुर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताउनुभयो । त्यस अवसरमा बोल्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सबै मिलेर भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।