जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार १४:२१

विश्व स्वास्थ्य संगठनले भन्यो कोरोनाको अचुक औषधि पत्ता नलाग्न पनि सक्छ


जेनेभा, साउन २०

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको अचुक औषधि नरहेको र भविष्यमा यसको औषधि पत्ता नलाग्न पनि सक्ने जनाएको छ । डब्ल्यूएचओ प्रमुख डा. अधानोम टेड्रोसले कोरोना विरुद्ध खोप आउने आशा रहेपनि यो हुने नहुने टुंगो नभएको बताउनुभयो ।

कोरोना विरुद्ध खोपको परीक्षणहरु भइरहेका छन्, कहि तेस्रो चरणको परीक्षण चलिरहेको छ, हामी सबैलाई विश्वास छकि एउटा खोपले कोरोनाबाट बचाउने तथ्य प्रमाणित हुन्छ तर हालसम्म यसको कुनै औषधि बनेको छैन र यो कहिल्यपनि नमिल्ने सम्भावना पनि छ, टेड्रोसले भन्नुभयो ।

उहाँले कोरोना विरुद्धको अचुक औषधि नरहेकाले भौतिक दुरी कायम राख्ने र साबुन पानीले बारम्बार हात धुनु, मास्कको प्रयोग गर्नु, आइसोलेट भएर बस्नु नै संक्रमणबाट जोगिने उपाय रहेको पुनः दोर्याउनुभयो । उहाँले पटक–पटक कोरोना संक्रमण कहिल्यै अन्त्य नहुने बताउँदै आउनुभएको छ । हालसम्म विश्वभर १ करोड ८१ लाख मानिसलाई कोरोना पुष्टि भइसकेको छ भने ६ लाख ८९ हजार संक्रमितको मृत्यु भइसकेको छ ।