काठमाडौं, साउन २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको लडाई जित्न नसके पार्टी बिभाजन हुने निश्कर्षका साथ तयार रहन आफू निकट पार्टी पत्रकारहरुलाई निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीसँगको बार्तामा नगएर काठमाडौंको एक कलेजमा आफू निकट पत्रकारहरुको गुट भेला गरेर सचिवालयका तीन शीर्ष नेतालाई साँक्षी राखी पार्टी बिभाजन हुने भन्दै तयार रहन निर्देशन दिनुभएको हो ।
‘हामी कम्युनिष्ट भन्नेहरुले राम्रो भन्दा राम्रो परिस्थिति बनाउन प्रयाश गर्ने हो तर खराव भन्दा खराव परिस्थितिको लागि पनि तयार हुनुपर्छ, अहिले त्यस्तै स्थिति छ, यत्ति बुझ्नोस, हामी एकतालाई अक्षुण्ण राख्न चाहन्छौं तर खराव भन्दा खराव परिस्थितिको लागि पनि तयार भएर बसौं, जस्तो सकुै परिस्थितिका लागि मानसिक रुपले तयार भयौं भने मात्रै लडाईं जितिन्छ ।’
प्रधानमन्त्री ओलीबिरुद्ध मिसन चलाउनु पर्ने बिभिन्न आधार राखेर ३८ मिनेट लामो प्रशिक्षण दिनुभएका अध्यक्ष प्रचण्डले भन्नुभएको छ । जनताटाइम्सलाई प्राप्त अडियो रेकर्डअनुसार अध्यक्ष प्रचण्डले झण्डै आधा समय पार्टी बिभाजनको आधार औल्याउँदै तयार रहन र ओलीबिरुद्धको लडाईको सेना सञ्चार क्षेत्र नै भएकोले यो निर्णायक लडाईमा जसरी पनि जीत हासिल गर्न निर्देशन दिनुभएको छ ।
‘राजनीतिक राजनीति भनेको रक्तपातहीन युद्ध हो, युद्ध भनेको रक्तपातपुर्ण राजनीति हो, युद्धको बेलामा सेना नै मुख्य हतियार हुन्छ, अहिले त्यो स्थिति होइन, त्यसो भएको हुनाले प्रचार क्षेत्र नै हाम्रो सेना हो बास्तवमा, तपाईहरु नै अहिले मोर्चामा हुनुहुन्छ, अहिले तपाईहरुले गर्ने प्रहार कसरी जान्छ भन्ने कुराले नै लडाईको छिनोफाने हुनेवाला छ, निर्णायक रुपले जनमत सिर्जना गर्ने कुरामा तपाईहरु अग्रमोर्चामा हुनुहुन्छ,’ प्रचण्डको भनाई थियो ।
हामी कम्युनिष्ट भन्नेहरुले राम्रो भन्दा राम्रो परिस्थिति बनाउन प्रयाश गर्ने हो तर खराव भन्दा खराव परिस्थितिको लागि पनि तयार हुनुपर्छ, अहिले त्यस्तै स्थिति छ, यत्ति बुझ्नोस, हामी एकतालाई अक्षुण्ण राख्न चाहन्छौं तर खराव भन्दा खराव परिस्थितिको लागि पनि तयार भएर बसौं, जस्तो सकुै परिस्थितिका लागि मानसिक रुपले तयार भयौं भने मात्रै लडाईं जितिन्छ

बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरुलाई साथमा राखेर अध्यक्ष प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आक्षेपसमेत लगाउनु भएको छ । उहाँले प्रधानमन्त्री ओली कम्युनिष्ट पार्टीको सदस्य हुन र जिम्मेवारी लिनसमेत लायक नरहेको भन्दै ओलीमाथि आक्रमण गर्न आफू निकट पत्रकारलाई निर्देशन दिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्