अहमदाबाद, साउन २२
भारतको अहदाबादस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा आइसीयूमा उपचाररत ८ कोरोना संक्रमितको मृत्यु भएको छ । अहमदाबादको नवरंगपुरा क्षेत्रमा रहेको स्रेय अस्पतालमा बिहीबार बिहान करिव ३ बजेतिर आगलागि भएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।
सो अस्पतालमा रहेका अन्य कोरोनाका ४० जना बिरामीलाई अन्यत्र सारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागि हुँदा धुँवाले निस्सासि तथा जलेर ५ पुरुष र ३ महिलाको मृत्यु भएको छ । आकस्मिक विभागका अनुसार स्वास्थ्यकर्मीको पीपीईमा आगो सल्किएपछि अस्पतालको वार्डसम्म आगो फैलिएको थियो । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गर्दै पीडित परिवारलाई २ लाख क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभएको छ ।
यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २८२ जनालाई कोरोना पुष्टि भएको छ भने ९०४ जनाको मृत्यु भएको छ ।
हालसम्म त्यहाँ कोरोना संक्रमितको संख्या १९ लाख ६४ हजार ५३७ पुगेको छ । ४० हजार ६९९ संक्रमितको मृत्यु भएको छ भने १३ लाख २८ हजार ३३७ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्