जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार ०९:३९

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको ज्यान गयो


काठमाडौं, साउन २३ । बैतडीमा गएराति पहिरोमा च्यापिदा आमाछोराको मृत्यु भएको छ। गएराति घरमाथिबाट पहिरो जाँदा डिलाशैनी गाउँपालिका वडा नम्वर ४ का आनसीह बोहराकी श्रीमती ४० वर्षीय पशुपति वोहरा र निजका १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको हो। उनीहरूको शव विहान ७ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक आमाछोरासँगै पहिरोमा घर लगायत पशुचौपाया सरसामान सबै पुरिएका छन्। मृतकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।